
बिराटनगर, यतिबेला बिराटनगरमा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढिरहेको छ । यो अवस्थामा बिगत २३-२४ दिन अघि देखि बरगाछीका युवाहरु मिलेर सेनिटाइज गर्ने अभियान सन्चालन गरिरहेका छन् ।
बिगत दुई साता अघिदेखि भने उनीहरु कोरोना पोजेटिभ भएको घर र सार्वजानिक स्थलहरुलाई सेनिटाइज गर्दै हिडिरहेका छन् । उनीहरुले अहिले सम्म झन्डै १५० वटा भन्दा बढी घर र दुई दर्जन बढी सार्वजानिक स्थानहरुलाई सेनिटाइज गरेका छन् ।

एउटा महिला जसलाइ सामान्य ज्वरो मात्र आउँदा अरु कुनै अस्पतालले बिरामी भर्ना लिन नमानिरहेको अवस्थामा बिरामीलाई बिराट मेडिकल कलेजमा भर्ना गरियो र आइसोलेसन वार्डमा राखियो उपचारको क्रममा उनको मृत्यु भयो र मृत्यु भएको केही समय पछि उनलाई कोरोना भाइरस को संक्रमण भएको रिपोर्ट पोजेटिभ आयो र यो थाहा पाउन साथ अस्पताल को उक्त वार्डबाट सम्पुर्ण बिरामी सारियो र यो अवस्थामा उनलाई अस्पतालका स्वास्थ्यकर्मीबाट पनि वेवास्ता गरिएको व्यवहार पाएपछि बिरामीको आफन्तले प्रदेश सभा सांसद मा. बिन्दिया कार्कीलाई सम्पर्क गरे पश्चात् उनले नेपाल आर्मी पनि आउन ढिलो हुने जानकारी पाए पश्चात् बरगाछी को युवा समूहलाई फोन गरिन् र उक्त युवा समूहका ५ जना मिलेर त्यो शवलाई डिस इनफेक्ट गर्नेदेखि लिएर प्याकिङ समेत गरेर युवाहरुको २ घन्टाको प्रयासपछि सफलतापुर्वक उक्त शवलाई बाहिर छुट्टै ठाउँमा ल्याएर राखियो ।

साँच्चै यो बेला जसरी अहिले हाम्रो समाजमा कोरोना सङ्क्रमित भन्ने बित्तिकै फरक दृष्टिकोणबाट हेर्ने गरिन्छ, उनिहरुको लागि यो युवा समूहले एउटा गतिलो उदाहरण पेस गरेको छ । उक्त युवा टिममा राम नेपाल, रोबिन कार्की र सुयोग चापागाईंले नेतृत्व गरिरहेका छन्।