एउटै वडामा ११९ संक्रमित, विराटनगर संक्रमणको उच्च जोखिममा

११ भाद्र २०७७, बिहीबार

 

१० भदौ, विराटनगर । विराटनगर महानगरपालिकाको एउटै वडामा कोरोना संक्रमितको संख्या ११९ पुगेको छ । समुदायमा संक्रमण फैलिइसकेको विराटनगरको वडा नम्बर १२ मा ११९ जनामा संक्रमण पुष्टि भएको छ ।

महानगरपालिका जनस्वास्थ्य प्रमुख रमेश कार्कीका अनुसार बुधबारसम्म विराटनगरमा कोरोना संक्रमितको संख्या ८९३ पगुेको छ । आधा भन्दा बढी कोरोना संक्रमितले भने घरमा नै बस्न बाध्य हुनुपरेको छ । बुधबारसम्म होम आइसोलेसनमा १८२ महिलासहित ४६१ जना बसिरहेका छन् ।

महानगरपालिकाको होल्डिङ आइसोलेसनका रूपमा दुई स्थानमा र एक होटल आइसालेसनमा १२३ कोरोना संक्रमित बसिरहेका छन् । २७८ जना कोरोना संक्रमण मुक्त पनि भएका छन् ।

कुन वडामा कछि छन् त संक्रमित? 

महानगरपालिकामा १९ जम्मा वटा वडा छन् । १८ वटा वडामा कोरोना संक्रमण देखिइसकेको छ । अहिलेसम्म वडा नम्बर १९ मा भने संक्रमित कोही भेटिएका छैनन् ।

विराटनगर महानगरपालिकाका अनुसार विराटनगर– १२ मा ११९ संक्रमित छन् । विराटनगर– ६ मा ८७ जना, वडा नम्बर ९ मा ७४ जना, वडा नम्बर ८ मा ६७ जना छन् । संक्रमितमध्ये ६२ जनाको ठेगाना खुलेको छैन ।

वडा नम्बर १ मा १८, २ मा ५२ जना, ३ मा ५७ जना, ४ मा २३, ५ मा ५६ र ६ मा ८७ जना संक्रमित छन् । विराटनगर–७ मा ४४, ८ मा ६७, ९ मा ७४, १० मा ३३, ११ मा ५८, १२ मा ११९, १३ मा २२ र १४ मा १६ जना संक्रमित छन् । विराटनगर १५ मा ४७, १६ मा २७ जना, १७ मा २६ जना, १८ मा ४ जना संक्रमित छन् ।