बाँकेमा एकै दिन ५१ जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि

११ भाद्र २०७७, बिहीबार

बाँकेमा एकै दिन ५१ जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकैदिन ५१ जना नेपाली सेनामा कोरोना पुष्टि भएपछि बाँकेको कौशिलानगरस्थित आर्मी क्याम्प सिल गरीएको छ ।

बुधबार वागेश्वरी डाईग्नोस्टिक एण्ड पोलिक्लिनिक नेपालगन्जमा गरीएको परिक्षणमा नेपाली सेनाका ५१ जवानलाई संक्रमण पुष्टि भएको थियो । एक बटालियनलाई नै संक्रमण देखिएपछि मध्यपश्चिम पृतना शिक्षालय कौशिलानगर सिल गरीएको छ ।