आज को राशिफल

ज्यो. पिताम्बर अधिकारी भद्रपुर झापा

११ भाद्र २०७७, बिहीबार

 

 

 

मेषराशि-
मन अस्थिर रहने छ।परिवार संगको सहयोगमा कार्य गर्नाले सफलता प्राप्त हुनेछ।धन प्राप्तिको योग रहेको छ।

बृषराशि-
नयाँ कार्यको थालनी हुनेछ।मन प्रसन्न रहने छ ।धर्ममा रुचि बढ्ने त।यात्रामा विशेष सावधानी अपनाउनु होला।

मिथुनराशि-
छोटो दुरीको यात्रा हुने योग रहेको छ।इष्टमित्र संगको भेटघाटमा व्यस्त भइनेछ।नयाँ कार्यारम्भमा बाधा आइपर्ने छ।सजग रहनुहोला।

कर्कटराशि-
शरीर आलस्य हुनेछ।असाधारण खानपानले शरीर रुग्ण हुनेछ।कार्यमा सफलता हात लाग्ने छ।

सिंहराशि-
सामाजिक कार्यमा अग्रसरता हुने देखिन्छ।पत्नीबाट सुख मिल्नेछ।मनोरञ्जनात्मक कार्यमा समय व्यतित हुनेछ।

कन्याराशि-
मन चञ्चल रहने छ।कुनै कार्यको सहि निर्णय लिन नसक्दा खर्च बढेर जानेछ।पढाईलेखाइमा भने रुचि बढ्नेछ।

तुलाराशि-
शरीरमा आरोग्यता छाउनेछ।परिवारको साथमा रमाइलो यात्राको योग रहेको छ।बोलीमा भने संयमता अपनाउनु पर्ने देखिन्छ।

वृश्चिकराशि-
शरीरमा चोटपटकको भय देखिन्छ। सवारीसाधनको यात्रामा विशेष ध्यान पुर्याउनुपर्नेछ।प्रेममा भने सफलता मिल्नेछ।

धनुराशि-
कार्यमा निराशा उत्पन्न हुने देखिन्छ मन दृढ बनाएर कार्य गर्नाले सफलता प्राप्त हुनेछ।आर्थिक क्षेत्रमा बृद्धि हुनेछ।

मकरराशि-
पशुचौपायबाट लाभ मिल्नेछ।साथिभाइबाट सुखद समाचार सुन्न पाउनुहुनेछ।प्रेममा भने खिन्नता बोध हुनेछ । मनको कुरा कसैलाई खुलेर नभन्नुहोला।

कुम्भराशि-
आपराधिक कार्यमा संलग्न हुने देखिन्छ।कसैबाट आरोपित भइएला।साथिभाइहरुसंग सजग रहनुहोला।

आज को
यात्रामा बाधा आइपर्ने छ।वाहनहरुबाट भय रहनेछ।घरायसी कार्यमा दिन व्यतित हुनेछ।रोकिएका कार्य पूर्ण हुनेछन्।