सुनसरीका ४१ प्रहरीमा कोरोना संक्रमण

११ भाद्र २०७७, बिहीबार

कोरोना महामारीको संक्रमण समुदायस्तरमा पुगेपछि सुनसरीका प्रहरी पनि संक्रमण हुने दर बढ्न थालेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय इटहरीसहित जिल्लामा ४१ प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म इलाका प्रहरी कार्यालय इटहरीका १० जनासहित सुनसरी जिल्लाभरिमा कोरोना संक्रमित प्रहरीको संख्या ४१ पुगेको छ । सुनसरीमा अहिलेसम्म ४१ जना प्रहरी कोरोना संक्रमित भएका छन् भने कन्ट्याक ट्रेसिङको आधारमा ८० जना प्रहरी क्वारेन्टाइनमा रहेका छन् ।

४१ प्रहरीसहित सुनसरीमा हालसम्म पाँच सय आठ जनालाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । जसमध्ये दुई सय २३ जना निको भएर घर फर्किएका छन् भने तीनजनाको कोरोनाका कारण मृत्यु भएको छ ।