अलैंचीको भाउ निरन्तर घट्दो

मनोज पोख्रेल

११ भाद्र २०७७, बिहीबार
दिनेश ढुङ्गेल

कुनै बेला प्रतिमन १ लाख सम्म बिक्री भएको अलैचीको मुल्य अहिले ओरालो लागेको छ । पाँच वर्षअघि प्रतिमन रू १ लाख ३० हजार सम्ममा विक्री भएको अलैंची निरन्तर अहिले प्रतिमन २० हजारमा आइपुगेको हो । देशमा नै सबैभन्दा बढी अलैंची उत्पादन हुने जिल्ला इलाम,पाँचथर, ताप्लेजुङमा जति अलैंची उत्पादन बढ्दै गयो त्यति नै भाउ घट्दै गएपछि अहिले किसानहरू चिन्तामा परेका छन्।

खोल्साखाल्सी तिर अरू केही नफल्ने ठाउँमा फल्ने अलैची कुनैबेला किसानको आम्दानीको राम्रो श्रोत बनेको थियो तर अहिले त्यसको मुल्य घटेर प्रतिमन २०-२२ हजार मात्र भएपछि पहाडी क्षेत्रमा अलैची खेती गरेका किसानहरू चिन्तित बनेका छन् । खोल्सामा उत्पादन हुने अलैंची सजिलो खेतीका रुपमा समेत पर्छ तर पहिला बढी मूल्यमा विकेको वस्तु हाल भएको लकडाउनका कारण निरन्तर ओरालो लागेपछि बिक्री हुने अवस्था नरहेको छ ।

दिनेश ढुङ्गेल

‘लकडाउनका कारण बाहिरी बजारमा जान नपाएको कारण पनि मूल्य घटेको हो’ अघिल्लो वर्ष ३० हजार लगाएर किनेको अलैची ५० प्रतिसत हामीसँगै छ अहिले २२ हजारमा बेच्नु परेपछि व्यापारी घाटामा परेका छौ’ इलाम बिब्ल्याटेका व्यापारी कृष्ण पौडेलले बताए ।

खोल्साको सुनको उपमा पाएको अलैची खेती लेकाली क्षेत्रमा मात्र गरिँदै आएको पछिल्लो समयमा औल क्षेत्रमा पनि खेतबारी मासेर लगाउने क्रम बढेको छ । औल क्षेत्रका लागि सिफारिस गरिएको सलकपुरे अलैंची लेकाली क्षेत्रमा पनि पुगेको छ  । त्यस्तै भार्लाङ र रैथाने अलैंची पनि उत्तिकै प्रचलनमा छ  । नेपालमा यसको खेती पुर्बी क्षेत्रको पहाडी जिल्लाहरू (इलाम, ताप्लेजुङ्ग, पांचथर, भोजपुर) मा वर्षौँदेखि खेती गरिदै आएको छ ।

नेपालका ४२ भन्दा बढि जिल्लामा अलैची खेती हुने गरेको भएपनि प्रदेश १ का इलाम, पाँचथर, ताप्लेजुङ , तेह्थुम, धनकुटा, ,संखुवासभा, खोटाङ जिल्लामा धेरै हुने गरेको पाईन्छ।