
सुनसरीको धरान उपमहानगरपालिकामा बुधबारसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १ सय २० पुग्दा धरान १२,१४ र २० नम्बर वडा बाहेक बाँकी १७ वटै वडामा संक्रमण फैलिएको छ । यि तीन वडामा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या शुन्य रहेको छ ।
धरानमा सबैभन्दा धेरै १८ नम्बर वडामा २४ जना संक्रमित भेटिएका छन् । यसैगरी धरान १५ मा १७ जना, धरान १६ मा १४ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने धरान १ मा ३ जना, धरान २ मा २ जना,धरान ३ मा ६ जना,धरान ४ मा १ जना संक्रमित फेलापरेका छन् ।
त्यसैगरि धरान ५ मा ३ जना,धरान ६ मा २ जना,धरान ७ मा २ जना,वडा नं ८ मा ८ जना, ९ नम्बरमा मा २ जना,वडा नं १० मा ६ जना,वडा नं ११ मा ८ जना,वडा नं १३ मा ८,वडा नं १७ मा ९ जना र १९ मा ५ जना संक्रमितको पहिचान भएको छ । संक्रमितमध्ये ५४ जना कोरोनामुक्त भईसकेका छन् ।
उपमहानगरपालिकामा ७४ जना पुरुष र ४६ जना महिला गरी जम्मा १ सय २० जनामा कोरोना संक्रमण देखिँदा एक महिला र २ पुरुषको मृत्यु भएको छ । धरानमा कोरोना संक्रमित भएकामध्ये विदेशबाट आएका ३६ जना, धरानबासी समुदायका ६० जना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रका २४ जना रहेका छन् ।
धरानमा समुदायमा कोरोना सङ्क्रमण फैलिन नदिन साउन २३ गतेदेखि धरान उपमहानगरपालिकाले लकडाउन घोषणा गरेको छ । लकडाउन चौथो पटक थपेर भदौ १७ गतेसम्म पुर्याएको छ ।