मोरङको सुन्दरहरैंचामा दुर्घटना हुँदा एकको मृत्यु, दुईको अबस्था गम्भीर

एल्विन सिवाकोटी

११ भाद्र २०७७, बिहीबार

मोरङको सुन्दरहरैंचा नगरपालिका–६ गछियामा भएको दुर्घटनामा परी एकको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्।

बिहीबार, पश्चिमबाट पूर्वतर्फ गइरहेको ना २९ प ६९५२ नम्बरको मोटरसाइकलले, साइकललाई ठक्कर दिँदा बिहीबार एकजनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको ना २९ प ६९५२ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा बिहीबार एकजनाको मृत्यु भएको छ ।

बाटो क्रस गर्दै गरेको साइकललाई मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।
साइकल चालक सुन्दहरैंचा–६ का २८ वर्षीय नवराज बराइली र पछाडि सवार ४५ वर्षीय डम्बर श्रेष्ठ गम्भीर घाइते भएका थिए । घाइतेमध्ये श्रेष्ठलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होम ल्याइएको थियो । उपचारका क्रममा डम्बर श्रेष्ठ निधन भएको अस्पताल चिकित्सकले बताए ।मोटरसाइकल चालक राजकुमार पुलामी मगर पनि गम्भीर घाइते भएकोले विराट नर्सिङमै उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।