विराटनगरमा ३८ सहित प्रदेश १ मा ९० संक्रमित थपिए

११ भाद्र २०७७, बिहीबार

आज प्रदेश १ मा ९० जना कोरोना संक्रमित थपिएका छन् ।

  • मोरङमा ४६,
  • सुनसरीमा ३८,
  • संखुवासभामा ४,
  • इलाम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा आज ३८ संक्रमित थपिएका छन् । २० महिला र १८ पुरुषमा संक्रमण देखिएको छ ।

मोरङ जिल्लामा

  • विराटनगरमा ३८ जना
  • कटहरीमा ७ जना
  • सुन्दरहरैंचामा १ जना संक्रमित थपिएका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै सुनसरीको दुहवीमा ४ महिला ८ पुरुष, इटहरीमा २ महिला ८ पुरुष, गढीमा २ महिला २ पुरुष, रामधुनीमा ४ पुरुष, बर्जुमा ३ पुरुष, धरानमा १ महिला २ पुरुष, इनरुवामा १ महिला १ पुरुष, संखुवासभाको खाँदबारीका ४ पुरुष, इलामको इलाम नगरपालिकाका १ महिला र प्रदेश १ बाहिरका १ पुरुषमा संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ३० पुगेको छ ।

प्रदेश १ मा आज कुल ८१ जना डिस्चार्ज भएका छन् कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट ३६, मेची अस्पताल झापाबाट ९, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६, कालि सदन आईसोलेसन, विराटनगरबाट १ र होम आईसोलेसनबाट २९ जना गरेर ८१ जना डिस्चार्ज भएका हुन् । हालसम्म प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ४ सय ९६ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ७७३ पीसीआर परीक्षण गरिएको छ । पीसीआर परीक्षण गरिएका मध्ये ३४ महिला र ५६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मन्त्रालयका अनुसार आजसम्म ८३ हजार ८७५ जनाको पीसीआर परीक्षण भएको छ ।