धरानमा लागु औषध सहित एक पक्राउ

मनोज पोख्रेल

११ भाद्र २०७७, बिहीबार
कपुरी क न्यूज

इलाका प्रहरी कार्यालय धरानले आज धरान १५ गणतन्त्र बस्तीबाट ठूलो मात्रामा लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ ।

धरान १५ बस्ने ३७ वर्षीय राजकुमार चौधरीले आफ्नो घरमा लागु औषध लुकाएको भन्ने सूचनाको आधारमा प्रहरीले उनको घरमा खानतलासी गर्दा उनको कोठामा लुकाई राखेको अवस्थामा स्पामो प्रोक्सीभन प्लस ३ हजार क्याप्सुल बरामद गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

लागु औषध सहित पक्राउ परेका चौधरीलाई आवश्यक अनुसन्धानका लागि औषधी व्यवस्था विभाग विराटनगर पठाइने इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले बताए ।

प्रहरीलाई प्राप्त भएको गोप्य सुचनाका आधारमा चौधरीलाई लागु औषध सहित पक्राउ गरिएको हो । उनले सो लागु औषध उफर भित्र लुकाएर राखेका थिए ।