विश्व स्वास्थ्य संठनको चेतावनी – नेपालको स्थिति भयावह हुनसक्छ

११ भाद्र २०७७, बिहीबार

विश्व स्वास्थ्य संठनको चेतावनी - नेपालको स्थिति भयावह हुनसक्छ

विराटनगर , ११ भदौ ।

विश्व स्वास्थ्य संगठन ‘डब्ल्यूएचओ’का नेपालस्थित आवासीय प्रतिनिधि डा. जोस भान्डेयरले नेपालमा कोरोना संक्रमण अझै बढ्नसक्ने चिन्ता व्यक्त गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार भेटेर नेपालमा कोरोना संक्रमण अझै बढ्नसक्ने चिन्ता व्यक्त गरेका हुन्।

भेटमा अवसरमा डा. जोसले कोरोना महामारी नियन्त्रणका लागि नेपाल सरकारले गरिरहेका कामहरुको प्रसंशा गरेका थिए।

आगामी दिनहरू नेपालका लागि अझ खराब हुनसक्ने बताउँदै त्यसका लागि तयारी गर्न पनि सुझाव पनि दिएका जानकारी गराइएको छ ।

डा. जोसले क्वारेन्टाइन, आइसोलेशन बेड र स्वास्थ्यकर्मीहरुको यथेष्ट व्यवस्था गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएको जनाइएको जनाइएको छ । पछिल्लो समय नेपालमा तीव्र रूपमा कोरोना संक्रमितहरू बढिरहेका छन् ।

नेपालमा अहिलेसम्म संक्रमितहरूको संख्या ३५ हजार ५ सय २९ पुगेको छ । जसमध्ये बीस हजार ७३ संक्रमितहरू भने निको भइसकेका छन्, कूल १८३ संक्रमितहरुको मृत्यु भइसकेको छ।

संक्रमित बढेसँगै उपचारमा कठिनाइ भइरहेको र कतिपयले उपचारै नपाएर मर्नुपरेको समाचार पनि आउन थालेका छन्। डा. जोसको आँकलन र नेपालको स्वास्थ्य क्षेत्रमा देखिएको संकटलाई केलाएर हेर्दा भयावह अवस्थाको सामना गर्नुपर्ने देखिँदै गएको छ।

https://youtu.be/m-E-sWoivCY