आलोचित पिसीआर मेशीन बारे प्रेस विज्ञप्ति- भ्रष्टाचार आरोप निराधार

गंगा पोद्दार

११ भाद्र २०७७, बिहीबार

मोरङको विराटनगर महानगरपालिकाले खरिद गरेको पीसीआर मेसिनको खरिद प्रक्रियामा भ्रष्टाचार भएको आरोपको खरिद प्रक्रियामा संलग्न कोभिड राहत समितिले खण्डन गरेको छ ।

समितिले आज एक विज्ञप्ति जारी गरी आफूहरुले कोरोना सङ्क्रमितको पहिचान र उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले व्यवसायी तथा नागरिक समाजका सदस्यहरूबाट मात्र चन्दा संकलन गरेकाले आफ्नै रकम दुरुपयोग गरेको आरोप निराधार रहेको जिकिर गरेको छ ।

समितिले आफूहरुलाई विवादमा ल्याउन विरोधीहरुले षड्यन्त्रपूर्वक गलत प्रचारबाजी गरेको उल्लेख गरेको छ । मेसिनको खरिद तेस्रो मुलुकबाट गरिएको र सोको आयात भारतबाट गर्न सक्ने कानूनी व्यवस्था नभएको प्रष्ट पारेको छ। यसका साथै मेसिनको मूल्य १२ लाख ५० हजार भारतीय रुपैयाँ पर्ने दाबीसमेत झुठो भएको जनाएको छ ।

पीसीआर मेसिन खरिद गर्न बनेको सो समितिमा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे,मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा,संरक्षक सदस्य विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली ,उद्योगी पवन सारडा ,राजेन्द्र राउत ,सुयेश प्याकुरेल ,नविन रिजाल ,शुशील धनावत, अरुण न्यौपाने ,प्रदीप मुरारका ,नन्दकिशोर राठी लगायत रहेका छन् ।

प्रेस विज्ञप्ति