आजको राशिफल

१२ भाद्र २०७७, शुक्रबार

 

 

 

ज्यो. पिताम्बर अधिकारी

 

मेषराशि-
धार्मिक कृत्यमा संलग्न भइनेछ।परिवारमा खटपट बढ्नाले मानसिक चिन्ता हुने देखिन्छ।प्रेममा सफलता मिल्नेछ।

बृषराशि
यात्रामा अवरोध आइपर्नेछ।झुटा आरोप खेप्नुपर्ने देखिन्छ।मन स्थिर बनाएर कार्य गर्नाले सफल भइनेछ।

मिथुनराशि
साथिभाइबाट सहयोग प्राप्त हुनेछ।आर्थिक क्षेत्रमा बृद्धि हुनेछ।सामाजिक कृत्यमा सहभागी भइएला।

कर्कटराशि
अधुरो रहेको काम बन्ने योग छ।परिवारको साथमा रमाइलो यात्रा हुनेछ।धनप्राप्ति हुने योग छ।

सिंहराशि-
मन चञ्चल हुनाले कार्यमा अवरोध आउने छ ।शारीरिक कष्ट हुनेछ।लामो दुरीको यात्रामा सतर्कता अपनाउनु पर्ने देखिन्छ।

कन्याराशि-
शरीरमा चोटपटकको भय रहला।पशुचौपायबाट दुःख आइपर्नेछ।मनोरंजनात्मक कार्यमा सरिक भइनेछ।

तुलाराशि-
मिष्ठान्न भोजन प्राप्तिको योग रहेको छ।जग्गा-जमीन सम्बन्धि कार्यमा सफलता हात पर्नेछ।खानपानमा भने सावधानी अपनाउनु होला।

वृश्चिकराशि-
अनावश्यक खर्च बढ्नेछ।प्रेममा खिन्नता बोध हुनाले प्रेमिलसाथिभाई संग सजग रहनुहोला। परिवारमा भने खुशी मिल्नेछ।

धनुराशि
शरीर फूर्तिलो हुनेछ।आत्मसन्तुष्टि बढेर जानेछ।खाद्यान्नमा लाभ मिल्नेछ।मन प्रसन्न रहनेछ।

मकरराशि-
शरीरमा आलस्य बृद्धि भई अस्वस्थ रहनेछ।आफन्तजनबाट दुखद समाचार सुनिनेछ।खर्च बृद्धि हुने देखिन्छ।

कुम्भराशि-
पशुचौपायबाट आर्थिक लाभ मिल्ने छ।इष्टमित्रबाट प्रशंसित भइनेछ।तिर्थस्थलको भ्रमण गर्न पाइएला।

मीनराशि-
राम्रो कार्यको लागि पुरस्कृत, सम्मानित भइनेछ।पठनपाठन को क्षेत्रमा रुचि बढ्नेछ।शुभकार्यको थालनि हुने देखिन्छ।