
धरान स्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा तीन कोरोना संक्रमितको मृत्यु भएको छ।
मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । उनीहररू मोरङ बेलवारीकी ५६ वर्षीया महिला, झापाको दमक नगरपालिकाका ८३ वर्षीय पुरुष र सिराहा जिल्लाका ५५ वर्षीय पुरुष रहेको प्रवक्ता सापकोटाले जानकारी दिए ।