बजारमा सुरक्षा घेरा,जङ्गलमा तस्करको डेरा

१२ भाद्र २०७७, शुक्रबार

महोत्तरीमा निषेधाज्ञा जारी भए लगत्तै उक्त छेत्रमा वनक्षेत्रमा तस्करको प्रवेश बढेको छ । पटकरपटक अवधी बढाउँदै लगेको निषेधाज्ञामा वनसम्पदा चोरी हुने क्रम बढेको हो ।

Picture source:Google

भर्खरै मात्र वन सुरक्षा गस्तीले गरेको सघन खोज अभियानमा भर्खरै कटान गरेर लुकाइएका साखुका काठ ५९ क्यूविक फिट बरामद गरेको छ । चोरी कटान गरेर लगिने काठ धेरैजसो अवैधरुपले सञ्चालन गरेका समिल ९काठ चिरान गर्ने कारखाना र फर्निचर उद्योगमा फेला परेको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिनुभयो ।

 

निषेधाज्ञा जारी भइरदा आम मानिस र वन सुरक्षा जवान कफ्र्यूले सक्रिय नहुने अनुमानमा तश्करले यो समय प्रयोग गर्ने गरेका छन् । महोत्तरी जिल्ला कार्यालयले तस्करी बढेपछि
समय तालिकासहित तीनवटा वन सुरक्षा गस्ती परिचालित गर्दै आइएको कार्यालयले जनाएको छ ।