सुनको मूल्य आज फेरि घट्यो

मनोज पोख्रेल

१२ भाद्र २०७७, शुक्रबार
प्रतिनिधिमूलक तस्वीर

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मुल्यमा प्रतितोला ७०० रुपैयाँले घटेर ९६ हजार ९०० पुगेको छ । बिहीबार तोलाको ९७ हजार ६०० मा कारोबार भएको सुन आज ७०० रुपैयाँले घटेको हो ।

त्यस्तै आज तेजावी सुनको मुल्य ९६ हजार ४०० तोकिएको छ। बिहीबार तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार १०० थियो।

चाँदी तोलाको १३४० मा कारोबार भइरहेको छ।