जाडोमा कोरोनाको संक्रमण बढ्ने सम्भावना

मनोज पोख्रेल

१२ भाद्र २०७७, शुक्रबार

जाडो याम सुरू भएसँगै कोरोना भाइरसको संक्रमण अझ तीव्र रुपमा फैलिन सक्ने भन्दै विश्व स्वास्थ्य संगठन(WHO) ले चेतावनी दिएको छ । डब्लूएचओका युरोप क्षेत्रीय निर्देशक डा. हान्स क्लगले विशेषगरी साना उमेरका व्यक्तिमा संक्रमण बढ्न सक्ने बताएका हुन्।

जाडो याम बढेसॅगै उनले युवाहरू जाडो याममा पाका मानिससँग नजिक सम्पर्क आउने जसका कारण संक्रमणको स्थिति झन जटिल तथा भयावह हुन सक्ने डा. क्लगले बताएका छन् ।

‘हामी अनावश्यक भविष्यवाणी गर्न त चाहँदैनौँ’, डा. क्लगले भने, ‘तर जाडो याममा पक्कै बढी मानिस अस्पताल भर्ना हुने र मृत्युदर बढ्ने सम्भावना रहेको छ।’

केही समयअघि विज्ञहरूले जाडो याममा संक्रमण फैलिने जोखिम बढी हुने निष्कर्ष अनुसन्धानात्मक शोधमा उल्लेख गरेका छन् । ‘तापक्रम (आर्द्रता) कोभिड–१९ फैलिन एक प्रमुख कारक हो’ सिड्नी स्कूल अफ भेटरीनरी साइन्सका प्राध्यापक माइकल वार्डले भने । त्यसैले न्यून आर्द्रतामा कोरोना भाइरस फैलिने दर बढी हुने बताइएका छन्। प्राध्यापक वार्डको उक्त शोध ‘ट्रान्स्बाउन्ड्री एन्ड इमर्जिङ डिजिज’ जर्नलमा प्रकाशित भएको थियो।