मोबाइल एडिक्शन ड्रग्सभन्दा खतरनाक

निमेश अधिकारी

१२ भाद्र २०७७, शुक्रबार

एउटा म्यासेजको घण्टी बज्छ।  को हो ? हेर्न पर्यो..! उत्तर दिन पर्यो..! फेसबुक खोल्नुहुन्छ केही मिम्स देख्नुहुन्छ…अनि लाग्नु हुन्छ फेरि स्क्रोल गर्न। थोरै समयको भिडियो समाग्री हेरेपछि तपाईंकमा कुतूहलता बढ्छ। त्यस समाग्रीको पूरा जानकारी नलिई तपाईंलाई मन मान्दैन।

यी कहानी धेरैको जीवनमा लागू होला । इन्टरनेट समाजिक संजाल हाल एक दुर्व्यसनीकै रूपमा तपाईँ हामीमाझ मौलाइरहेको छ ।आज हरेक सेकेन्डमा तपाइको फेसबुक, ट्वीटर र इन्स्टाग्राम लगायतका संजालमा केही न केही नयाँ पोस्ट वा अपडेट आइरहेकै हुन्छ्न ।हरेक समाजिक संजालले तपाइँलाई उनीहरुको एप तथा वेबसाईटमा जति सक्दो धेरै बसोस चलाओस भन्ने चाहन्छन् । समयसँगै मानिसको इनटरनेट प्रयोग गर्ने शैली पनि बदलिँदो छ अनि मागअनुसारको समाजिक संजालको परिवर्तनले मानिसलाई यसप्रतिको झुकावबाट बाहिर निस्कन असफल नै तुल्याएको छ ।

तपाईंलाई याद छ कहिले राम्रोसँग संग कुनै किताब पढेर सक्नुभएको थियो? वा कहिले हातमा मोबाइल नबोकी वा चेक नगरी कुनै चलचित्र हेरि सक्नु भएको थियो ? परिवारका सदस्यसँग खुलेर कुरा गर्नु भएको थियो ?समाजिक संजालले हामीलाई आँखा भएर पनि वरिपरिको वातावरण चिन्न नसक्ने र के भैरहेको छ जानकारी पनि समेत नहुने बनाएको छ ।

विश्वको खबर राख्ने होडबाजीमा के हामी आफ्नैमा पछि परिरहेका त छैनौं ? हो, समाजिक संजालले आज पूरा विश्वलाई एकै ठाउँ बनाएको छ । नयाँनयाँ जानकारी थाहा पाउन होस् वा नयाँ अपरिचित मानिससँग चिनजानमा यसले निकै नै मद्दत पुर्याएको छ । तर के हामी कुनै एक दिन आफ्नो हातबाट मोबाइल छोडी असल दुनियाँमा आफूलाई चिनाउन सक्छौँ होला त ?

कुनै एक दिन मोबाइलको घण्टी नसुनी कुनै कुनै पुस्तक पढी सक्छौँ होला त ?अझ आजकाल सानै उमेर देखि केटाकेटीलाइ हातमा मोबाइल र कम्प्युटर प्रयोग गर्न दिने परिपाटीले अहिलेको मात्र नभई आउने भविष्य कस्तो होला त्यसको अनुमान लगाउन अझै मुस्किल पर्ला ।

समाजिक संजालले हजुरको सृजनात्मक विचारलाई बोधो मात्र नबनाई मानसिक तनाव वा भर्चुअल दुनियाँदेखि असल दुनियाँसँग लड्नसक्ने क्षमतामा ह्रास समेत पुर्याइ रहेको छ ।हामीले आफू र आउने पिढीलाई यसको सकारात्मक वा नकारात्मक प्रयोग तथा असल दुनियाँसँगको भिन्नताका पाठ सिकाउन सक्नुपर्छ। यसले नजीक रहेका मानिससँगको दूरी अझ लम्ब्याउने निश्चित छ ।