एकपछि अर्काे वेब ह्याक गर्दै भारतीय गिराेह

१२ भाद्र २०७७, शुक्रबार
तस्वीर- साभार

सर्वोच्च अदालतअन्तर्गत नेपाल बार एशोसिएसनको वेबसाइट ह्याक भएको छ । ह्यारी १३३७ को नाममा इण्डियन साइबर ट्रुप्सले याे वेबसाइट ह्याक गरेको छ ।

ह्यारी नामको उक्त ह्याकरले वेबसाइटमा बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी निर्मला पन्तकाे तस्वीर पनि अपलाेड गरेको छ । उसले तस्वीरसँगै लेखेकोछ – ‘७५० दिनभन्दा बितिसक्दा पनि नेपाल सरकार अझ मौन छ । हामी निर्मला पन्तको न्याय चाहन्छौं। ‘

दैनिक रूपमा नेपालका सरकारी र गैरसरकारी संस्थानका वेबसाइट ह्याक हुँदै गएको छ। यसभन्दा अघि पनि सोही ह्याकरले निर्मला पन्तका लगायतका लागि न्यायका लागि सञ्चालित नारी जागरुकता केन्द्र (CWAD) को वेबसाइट ह्याक गरी सोही सन्देश छोडेको थियो।