आज नेपालमा थप ९२३ जनामा कोरोना पुष्टि

१२ भाद्र २०७७, शुक्रबार

आज नेपालमा एकै दिन ९२३ जना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालय श्रोतले दिएको जानकारी अनुसार आज पनि थप ९२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३६ हजार ४ सय ५२ पुगेको छ । पछिल्लो समय काठमाडौं उपत्यकाका लगायतमा मुख्य सहरहरुलाई कोरोना संक्रमण बढ्दो क्रममा छ ।