विराटनगरमा ७ सहित प्रदेश १ मा ७४ संक्रमित थपिए

१२ भाद्र २०७७, शुक्रबार

विराटनगर। भदौ १२
शुक्रबार प्रदेश १ मा कूल ७४ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये

  • सुनसरीमा ४१,
  • मोरङ र झापामा १४–१४,
  • संखुवासभामा २,
  • पाँचथरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा आज २ महिला र ५ पुरुष गरी जम्मा ७ जनामा पुष्टि भएको हो। लेटाङमा १ महिला र २ पुरुष, सुन्दरहरैचा र रंगेलीमा २–२ पुरुषमा संक्रमण देखिएको छ। सुनसरीको इनरुवामा ६ महिला र १४ पुरुष, धरानमा ५ महिला र ४ पुरुष, इटहरीमा ५ पुरुष, देवानगञ्जमा २ महिला र २ पुरुष, कोशी गाउँपालिकामा ३ पुरुषमा संक्रमण देखिएको छ।

उता सुनसरीको कमल गाउँपालिकामा २ महिला र ७ पुरुष, मेचीनगरमा ३ पुरुष, हल्दीबारीमा १ पुरुष, शिवसताक्षीमा १ महिला, संखुवासभाको पाँचखपनमा १ पुरुष, खाँदबारीमा १ महिला, पाँचथरको फाल्गुनन्दमा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार १०४ पुगेको छ । प्रदेश १ मा थप ३ जनाको मृत्यु भएको छ । झापाको दमकका १ पुरुष, मोरङको बेलबारीकी १ महिला र सिरहाको लहानकी १ महिलाको शुक्रबार मृत्यु भएको हो । प्रदेश १ मा मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

मृतकहरूमा प्रदेश १ का २० र अन्य ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा शुक्रबार २० जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट १६, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २ र विराटनगर अस्पताल आईसोलेसन केन्द्रबाट २ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा १ हजार ५१६ जना डिस्चार्ज भएका छन् ।

शुक्रबार १ हजार ३२७ जनाको पीसीआर परीक्षण गरिएको छ । अहिलेसम्म प्रदेशमा ८५ हजार २ सय २ जनाको पीसीआर परीक्षण भैसकेको छ ।