कोरोनाको प्रहारबाट बचाउन मुख्यमन्त्रीसँग स्थानीय तहको गुहार

१२ भाद्र २०७७, शुक्रबार

मोरङका ६ स्थानीय तहहरुले बढ्दो कोरोना संक्रमणका बीच नागरिकका समस्याउपर मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

आज शुक्रबार आआफ्ना स्थानीय तहका समस्या लिएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका जिल्लास्थित कटहरी,रङ्गेली,जहदा,धनपालथान,सुनवर्षी र रतुवामाई क्षेत्रका प्रमुख तथा उपप्रमुखहरू र मुख्यमन्त्री शेरधन राई सहभागी रहेको ।

बैठकमा सरकारले पीसीआर परिक्षणको गति बढाउन नसक्दा संक्रमितको पहिचान गर्न समस्या भएको,अस्पतालको लापरबाहीकाकारण बिरामीले बिरामीले भर्ना तथा उपचार नपाउने गरेको,सीमा नाकामा नियमन हुन नसक्दा भारतबाट मानिसको प्रवेश नियन्त्रण हुन नसकेको,अवैध रुपमा मालसामान निकासी तथा पैठारी बढेको, वन तथा वन्यजन्तुको तस्करी मौलाएको लगायतका विषयमा मुख्यमन्त्रीकोध्यानाकर्षण गराएको थियो ।

बैठकमा रतुवामाई नगरपालिकाका मेयर रविन राईले आइसोलेसन व्यवस्थापन हुन नसक्दा जटिलता उत्पन्न भएको भन्दै सहयोग गर्न प्रदेश सरकारसँग आग्रह गरे ।

छलफलका क्रममा मुख्यमन्त्री राईले स्थानीय तहरुका समस्याको समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।