Premier Cables
Premier Steel

समाचार

पाहुनामा विवाद हुँदा खुकुरी प्रहारबाट युवकको मृत्यु, श्रीमान श्रीमती राति नै फरार

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, जेठ २१, २०८२  | अपराह्न १२:०८ बजे
Hamro Biratnagar Headlines

विराटनगर । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिमस्थित सिस्ने खोलानजिक खुकुरी प्रहारबाट एक युवकको हत्या भएको छ । २८ वर्षीय एक युवकको मृत्यु भएपछि आरोपित युवक र उनी श्रीमती भने फरार भएका छन् ।

फक्ताङलुङ–३ का तेजेन्द्र लिम्बू को मृत्यु भएको छ । मंगलबार राति करिब १ बजे फुङलिङ नगरपालिका–६ उकाली पानी निवासी ३२ वर्षीय अर्जुन गुरुङले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । अर्जुन पत्नी सरिता लिम्बूसँगै फक्ताङलुङ–३ तावास्थित सरिताकी फूपुू योगमाया लिम्बूको घरमा पाहुना गएका थिए ।

स्थानीयका अनुसार सोही साँझ अर्जुन र सरिताबीच विवाद भएको थियो। झगडा बढेपछि योगमायाले दुवैलाई रातिको समयमा नै आफ्नो घरबाट फर्कन भनिन् ।

फर्किने क्रममा लिङखिमको सिस्ने खोलानजिक अर्जुनले अचानक तेजेन्द्रमाथि खुकुरी प्रहार गरेको बताइएको छ । उनको बायाँ कोखामा गम्भीर चोट लागेको थियो । र घटनास्थलमै मृत्यु भयो ।

घटनापछि अर्जुन गुरुङ हतियारसहित फरार भएका छन् भने उनकी श्रीमती सरिता लिम्बू पनि अहिलेसम्म प्रहरी सम्पर्कमा आएकी छैनन्। घटनाको खबर पाउनेबित्तिकै फक्ताङलुङ–३ का वडाध्यक्ष आईतराम लिम्बूले प्रहरीलाई जानकारी गराएका थिए। त्यसपछि प्रहरी नायब निरीक्षक विमलकुमार श्रेष्ठको टोली घटनास्थल पुगेको थियो।

हाल जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षक विवेक बस्नेतको नेतृत्वमा अनुसन्धान टोली परिचालित छ। फरार व्यक्तिहरुको खोजीका लागि सुराकी र प्राविधिक माध्यम प्रयोग भइरहेको प्रहरीले जनाएको छ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka