
पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ सय ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मृत्यु हुनेमा ४ महिला र ८ पुरुष गरी १२ जना संक्रमित पुरुष छन्।
मृतकहरुमा
- मोरङका दुई महिला,
- भक्तपुर र मकवानपुरका एकएक जना महिला छन्।
- उदयपुर, पर्सा, धनुषा, सिरहा, झापा, चितवन, कास्की र रुपन्देहीका एकएक जना पुरुष छन्।
यो संख्या हालसम्मकै उच्च हो। यसअघि भदौ ५ गते र भदौ १० गते ११-११ जनाको मृत्यु भएको थियो र पछिल्लो २४ घन्टामा नेपालमा थप ९२७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।