चेन्नई सुपर किंग्सका १० सदस्यहरूमा कोरोना पुष्टि

१२ भाद्र २०७७, शुक्रबार

कोविड -१९ को परीक्षण गरिएका आइ पी एल फ्रान्चाइजी CSK का सदस्यहरू मध्ये १० जनामा कोरोना पुष्टि भएपनि नाम भने खुलाइएको छैन । उनीहरूको अभ्यास सुरू गर्न ढिलाइ गर्नुको पछाडि यो कारण हुन सक्छ ।

आइ पी एल फ्रान्चाइजी चेन्नई सुपर किंग्सका कम्तिमा १० सदस्यहरू का दुबईमा शुक्रबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । क्स्क टोली को बिहीबार गरेको परीक्षणमा शुक्रबार कोरोना पुष्टि भएको छ ।

यसका साथै क्वारेन्टाइनको अवधि सेप्टेम्बर १ सम्म रहने छ। खेलाडीको टोली अगस्ट २१ मा अमीरात आइपुगेको थियो र बीसीसीआईले तोकेको प्रोटोकोल अनुसार टोलीले अभ्यास सुरु गर्नु अघि तीनवटा कोविड १९ को टेस्ट गर्नुपर्ने थियो।