भारतमा दैनिक पौने लाख संक्रमण 

१३ भाद्र २०७७, शनिबार

 

छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या दैनिक तीव्र रूपमा बढिरहेको छ । गएको २४ घण्टाभित्र भारतमा ७६ हजार बढीमा संक्रमण देखिएको छ । हिजो भारतमा ७६ हजार ६ सय ६५ जना संक्रमित थपिएका हुन् ।

योसँगै भारतमा संक्रमितको संख्या ३४ लाख ६१ हजार २ सय ४० पुगेको छ । २६ लाख ४७ हजार ५ सय ३८ जना संक्रमित उपचारपछि निको भएका छन् । ७ लाख ५० हजार ९ सय ८९ जना उपचार गराइरहेका छन् ।

हिजो भारतमा एक हजार १९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा मृत्यु हुनेको संख्या ६२ हजार ७ सय १३ पुगिसकेको छ । कोरोना संक्रमणबाट सबैभन्दा धेरै मृत्यु हुने मुलुकको सूचीमा भारत तेस्रो नम्बरमा छ ।

पहिलो नम्बरमा रहेको अमेरिकामा १ लाख ८१ हजार ७ सय ४ र ब्राजिलमा १ लाख १९ हजार ५ सय ४ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ६२ हजार ५ सय ९४ जनाको मृत्यु भएको छ ।

हालसम्म विश्वभर २ करोड ४८ लाख ९७ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । कूल ८ लाख ४० हजार ६ सय भन्दा बढीको मृत्यु भएको छ ।