विराटनगरबाट सरुवा भएका १३ प्रहरीसहित धनकुटामा १९ जनालाई कोरोना

१३ भाद्र २०७७, शनिबार

शनिबार धनकुटामा  १३ प्रहरीसहित १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या ३९ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा गरिएको पीसीआर परीक्षणमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको र संक्रमण पुष्टि हुनेहरुमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत १३ प्रहरी र दुरसञ्चार प्राधिकरणमा कार्यरत ४ जना कर्मचारी र धनकुटा बजारका २ जना सर्वसाधारण छन् ।