महामारीमा खट्नेहरूमाथि दुर्व्यवहार गरे कारबाहीमा परिने

१३ भाद्र २०७७, शनिबार
गृहमन्त्रालयकाे विज्ञप्ति

विराटनगर । भदौ १३
कोरोना भाइरसको उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी वा राष्ट्रसेवक कर्मचारीलाई काममा आउजाउमा अवरोध गर्नेलाई काारवाही गर्ने गृह मन्त्रालयले जनाएको छ । शनबिार मन्त्रालयले एक विज्ञप्ति निकालेर अवरोध गर्ने जो कोहीलाई पनि कारवाही गर्ने स्पष्ट पारेको हो ।
यस विषम परिस्थितिको नियन्त्रणमा खटिएकाहरूलाई हुलहुज्जत गर्ने, धम्की दिने, बसोबास गरेको क्षेत्र वा स्थानमा आउन–जान नदिने, दुव्र्यवहार गर्नेलाई कडाभन्दा कडा कारवाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

माथि उल्लेखित कुनै हर्कत गरेमा गृह मन्त्रालयको टोल फ्री नम्बर ११४९ वा नेपाल प्रहरीको १०० नम्बरमा फोन गर्नुहोला । विज्ञप्तिमा भनिएको छ– ‘स्थानीयवासीको नाममा उच्छृंखल गतिविधिमा संलग्न गुण्डाहरुले काठमाण्डौँ, मोरङ र चितवनमा कोभिड १९को नियन्त्रणमा खटिएकाहरूलाई दुव्र्यवहार गरेपटि यस्तो निर्देशन दिनुपरेको हो ।’