विराटनगरका २१ सहित प्रदेश १ मा ११२ नयाँ संक्रमित

मनाेज पाेख्रेल

१३ भाद्र २०७७, शनिबार

विराटनगर । भदाै १३

प्रदेश १ मा गएको २४ घण्टामा विराटनगरका १०महिला र ११ पुरूष सहित ११२ जना थप नयाँ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये मोरङमा ४७, सुनसरीमा २४, झापा र धनकुटामा १९–१९, संखुवासभामा २ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संक्रमितहरू
मोरङको कटहरीमा६ महिला र ९ पुरुष,
पथरीशनिश्चरेमा ७ पुरुष,
सुन्दरहरैचामा१ महिला र १ पुरुष
बेलबारी र सुनबर्षीमा १–१ पुरुष
को रिपोर्ट आज पोजेटिभ आएको छ । त्यस्तै सुनसरीको इटहरीमा २ महिला र ७ पुरुष, दुहवीमा ३ महिला र ६ पुरुष, धरानमा २ महिला र ४ पुरुष, झापाको दमकमा ७ महिला र ९ पुरुष, झापा गाउँपालिकामा १ महिला र २ पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा १ महिला १८ पुरुष, संखुवासभाको खाँदबारीमा २ पुरुष र प्रदेश १ बाहिरकी एक महिलामा संक्रमण देखिएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार २१६ पुगेको छ भने आज ९ जना संक्रमित डिस्चार्ज भएका छन् । झापा मेचीनगरको धाईजन आईसोलेस केन्द्रबाट ९ जना डिस्चार्ज भएका हुन् । प्रदेशमा डिस्चार्ज हुनेको संख्या १ हजार ५२५ पुगेको छ ।

प्रदेशमा शनिबार १ हजार २२० जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म प्रदेशमा ८६ हजार ४२२ जनाको पीसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।