छोराका जन्ती गएका बाबुले सम्धिनी भगाए

१४ भाद्र २०७७, आईतवार

एजेन्सी । भदाै १४

भारतकाे गुजरातमा  भएकाे एउटा घटनाले दुनियाँ अचम्ममा परेको छ ।  विवाहका लागि केटा पक्ष र केटी पक्ष दुवै राजी थिए । तर केटाका बुवाले विवाहको एक हप्ता अगाडि नै केटीकी आमा अर्थात् सम्धिनीलाई भगाएपछि, दुवै पक्ष अचम्मित भएका छन् । सो घटनाले गर्दा विवाह भने स्थगित भएको छ ।

बेहुलाका ४८ वर्षीय बुबा व्यापारी हुन् भने बेहुलीकी ४६ वर्षीया आमा राजनीतिक पार्टीकी कार्यकर्ता हुन् । बाल्यकालदेखि नै छिमेकीको रूपमा एक अर्कालाई चिनेका रहेछन् । सुरतको कतरगाम क्षेत्रबाट केटाका बुवा हराए भने केटीकी आमा गुजरातको नवसारीमा आफ्नै घरबाट हराइन् ।

दुवै जना बेपत्ता भएपति परिवारले प्रहरीसमक्ष उजुरी दिएको र विवाहपछि पनि सम्बन्ध रहेकाले उनीहरू भागेको हुनसक्ने साथीहरूले दावी गरेका छन् । यद्यपि उनीहरू भेटिएका छैनन् ।