सुनसरीमा आइसोलेसन बेडको संख्या बढाइयो

१४ भाद्र २०७७, आईतवार

कोरोना सङ्क्रमितको बढ्दो संख्यालाई मध्यनजर गर्दै सुनसरीमा आइसोलेसन बेड थप गरी पाँच सय पुर्याइएको छ ।

बराहक्षेत्रस्थित कृष्णजी महाराज आश्रम परिसरमा एक सय,इटहरीस्थित क्षेत्रीय रंगशालामा एक सय,दुहबीस्थित राष्ट्रिय वाणिज्य बैंकमा एक सय, अरूण वनस्पति उद्योग परिसरमा ५०,भुटाहा अस्पतालमा ५० र धरानस्थित हरियाली सामुदायिक वन तथा इनरुवास्थित नयाँ बस पार्क क्षेत्रमा २५-२५ बेड क्षमताको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोख्रेलले जानकारी दिए ।

हालसम्म आइसोलेसनमा रहेका सबै संक्रमितको अवस्था सामान्य रहेको बताउँदै उनले लक्षण देखिएमा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरस्थित कोसी अस्पतालमा सञ्चालनमा रहेको कोभिड अस्पतालमा उपचार गरिने जानकारी दिए ।।