एम्बुलेन्स दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते

१४ भाद्र २०७७, आईतवार

काठमाण्डाैँबाट स्याङ्जाको चापाकोट जाँदै गरेको बा २ झ ४०११ नम्बरको एम्बुलेन्स दुर्घटनाहुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

दुर्घटनामा परी चापाकोट १० घर भएका २५ वर्षीय श्याम पङ्गेनी र चापाकोट ९ बस्ने ३५ वर्षीय भानुभक्त गैह्रेको ज्यान गएको स्याङ्जा प्रहरीलेजनाएको छ । वालिङ्गस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा उनीहरुको ज्यान गएको हो ।

गर्भवती महिलालाई लिएर जाने क्रममा एम्बुलेन्स सडकबाट करीब २ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।