इटहरीमा बढ्दै कोरोना संक्रमण

१४ भाद्र २०७७, आईतवार

विराटनगर । भदाै १४

सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा कोरोना सङ्क्रमितको संख्या एक सय ३२ पुगेको छ । गत भदौ १० संकलन गरिएको स्वाब परीक्षण गर्दा सात जना संक्रमित देखिएका छन् ।

संक्रमित हुनेहरुमा इटहरी २ का १ जना -४२ वर्षीय पुरुष,इटहरी ५ का १ जना- ३४ वर्षीय पुरुष,इटहरी ६ की १ जना-४३ वर्षीया महिला,इटहरी ९ का २४ वर्षिय पुरुष र ११ महिनाकी बालिका, इटहरी २० का १० र २० वर्षीया दुई महिला रहेका छन् ।