ठूलो संख्यामा नेपाली सेना संक्रमित

१४ भाद्र २०७७, आईतवार

विराटनगर । भदौ १४
नेपाली सेनामा कार्यरत ४१७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । हिजो साँझसम्म मुलुकका विभिन्‍न स्थानमा खटिएका सेनामध्ये कूल ४१७ जनामा कोरोना संक्रमण देखिएको हो ।

सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार संंक्रमितमध्ये हालसम्म ११८ जना डिस्चार्ज भएका छन् । संक्रमितमा सबोभन्दा कर्णाली प्रदेश र प्रदेश २ का सैनिक बढी छन् ।

पौडेलले बताएअनुसार होल्डिङ सेन्टर, क्‍वारेन्टिन/आइसोलेसन र कारागारको सुरक्षामा खटिएकाहरूमा बढी संक्रमण पाइएकौ छ । नेपालमा सेनाले कोरोना संक्रमणबाट ज्यान गुमाएको शव व्यवस्थापनको महत्त्वपूर्ण काम पनि गर्दै आएको छ ।