जगदम्बा स्टील गुणस्तरहीन उत्पादनका कारण कारबाहीमा

१४ भाद्र २०७७, आईतवार
तस्वीर - साभार

विराटनगर । भदाै १४

शंकर ग्रुप मातहतको जगदम्बा स्टिलद्वारा उत्पादित फलामका रड तथा डण्डी गुणस्तरहीन पाइएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले स्पष्टीकरणका माग र्गदै पत्र पठाएको छ ।
कम्पनीले उत्पादन गरेको टिएमटी १६ एमएमकाे फी बार ५०० फलामे रडकाे बिक्री वितरणका लागि रोक लगाएको हो ।

कम्पनीले डण्डी उत्पादनको क्रममा मापदण्डभन्दा बढी केमिकल मिसाएको पाइएपछि यसको बिक्री वितरणमा रोक लगाउनु परेको विभायले जानकारी दिएको छ ।
उक्त ब्याचका सबै रड बजारबाट फिर्ता लिन पनि विभागले सूचित गरेको छ । महानिर्देशक महानिर्देशक विश्वबाबु पुडासैनीले भने ‘बजारमा बिक्री गरिएका सबै रड फिर्ता लिएर जानकारी गराउन भनेका छौँ ।’ अब जगदम्बाले बजारमा बिक्री गरेका करोडौं रुपैयाँ मूल्यका रड फिर्ता लिनुपर्ने हुन्छ ।

कम्पनीलाई १५ दिनभित्र थप स्पष्टीकरण पेस गर्न पनि भनेको छ। ‘नेपाल गुणस्तर प्रमाण चिह्न ऐन तथा नियमावली २०४० को नियम (१६) अनुसारको कारबाही किन नगर्ने ? कुनै कारण भए १५ दिनभित्र आफ्नो सफाइको सबुत प्रमाण तथा सुधारका लागि सही कार्यसहित विभागमा पेस गर्नू,’ विभागले लेखेको स्पष्टीकरण पत्रमा उल्लेख गरेकाे छ।

उच्च गुणस्तरको ब्लेड प्रयोग गर्नुपर्नेमा जगदम्बाले कवाडीमार्फत संकलन गरेका टुक्रा पगालेर ब्लेड बनाई प्रयोग गर्दै आएको पाइएको छ । जगदम्बा स्टिलको उद्योग बाराको सिमरामा छ । नम्बर वान फलामे छड भनेर दाबी गर्दै आएको जगदम्बाको गुणस्तरमा लापरवाही देखिएपछि उपभोक्ताको हितमा बिक्रीमा रोक लगाउनुपर्ने अवस्था आएको हो।

https://youtu.be/oX4DtRv7KsI