रंगभेद विरुद्धको प्रदर्शनमा एकको मृत्यु

मनाेज पाेख्रेल

१४ भाद्र २०७७, आईतवार
एजेन्सी

वासिङ्टन । भदाै १४

अमेरिकाकाे ओरिगन राज्यको पोर्टल्याण्डमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक र रंगभेद विरुद्ध आन्दोलन गरिरहेका ब्ल्याक लाइभ्स म्याटर अभियानका प्रदर्शनकारीबिच भएको झडपमा एकजनाको गोली लागेर ज्यान गएको जनाइएको छ । प्रहरीले मृत्यु हुने व्यक्तिको पहिचान खुलाएको छैन ।

गएको मे २५ मा प्रहरीको ज्यादतीका कारण निहत्था अश्वेत व्यक्ति जर्ज फ्लोइडको मिनेशोटाको मिनियापोलिसमा निधन भएपछि पोर्टल्याण्ड तथा अमेरिकाका विभिन्न शहरमा सरकारी ज्यादती र रंगभेदविरुद्ध प्रदर्शन भइरहेको छ ।

राष्ट्रपति ट्रम्पका समर्थकहरुले रंगभेदविरोधी आन्दोलनको विरोधमा प्रदर्शन गर्न थालेपछि अवस्था थप तनावग्रस्त बन्न थालेको हो । पोर्टल्याण्डमा लगातार तीन दिनदेखि ट्रम्प समर्थकहरुले प्रदर्शन गर्दै आएका छन् ।