कुलमान घिसिङकाे पुनरागमन- संभावना बड्दै

मनाेज पाेख्रेल

१४ भाद्र २०७७, आईतवार
तस्वीर साभार

विराटनगर । भदाै १४

ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई दोश्रो कार्यकालका लागि नियुक्ति दिन सकारात्मक देखिएका छन् । मन्त्री पुनले भदौ २९ मा घिसिङको कार्यकाल सकिन लागेकाले उनलाई दोहोर्याउन तयारी थालिएको बताए ।

मन्त्री पुनले भने-‘उहाँको कार्यकाल अझै केही दिन बाँकी नै छ । भदौ २९ अघि नै मन्त्रालयका तर्फबाट उहाँलाई दोश्रो कार्यकालका लागि नियुक्ति गर्नका लागि प्रस्ताव जाँदैछ । त्यो प्रस्तावलाई मन्त्रिपरिषद्ले पारित गरेपछि उहाँ दोश्रो कार्यकालका लागि नियुक्त हुनुहुनेछ ।’

कार्यकारी निर्देशक घिसिङलाई ४ वर्ष अघि तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माको प्रस्तावमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नियुक्ति दिएका थिए । सामाजिक सञ्जाल तथा सार्वजनिक बहसमा कार्यकारी निर्देशक घिसिङलाई नै फेरि प्राधिकरणको निर्देशकका लागि आवाज उठिरहेको छ ।

https://youtu.be/oX4DtRv7KsI