प्रदेश १ मा ३२ जनाको मृत्यु र ३३ सय कूल संक्रमित

१४ भाद्र २०७७, आईतवार

आइतबार थप ९५ जनामा संक्रमण पुष्टि भएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ३११ पुगेको छ ।

त्यसैगरी प्रदेश १ मा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । २३ जना प्रदेश १ का बासिन्दा हुन भने ९ जना प्रदेश २ का बासिन्दा हुन ।पछिल्लो २४ घण्टामा धरान उपमहानगरपालिका– १७ मा दुईजना र मोरङको पथरी शनिश्चरे नगरपालिका २ मा एकजनाको मृत्यु भएको छ ।

प्रदेश १ मा आज ९ जना डिस्चार्ज भएका छन् । उनीहरु सबै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट डिस्चार्ज भएका हुन । यो सँगै कोरोना मुक्त हुनेको संख्या १ हजार ५३४ पुगेको छ ।प्रदेश १ मा आज १ हजार १७६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३२ महिला र ६३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार हा सम्म ८७ हजार ५९८ जनाको पीसीआर परीक्षण भएको छ ।