बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी

१४ भाद्र २०७७, आईतवार

काठमाडौं, १४ भदौ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको जानकारी दिएका छन् । मन्त्रिपरिषद् बैठक नियमित भएको समेत उनको भनाइ छ । बैठकमा कोरोना भाइरसका सम्बन्धमा सरकारले गरेका काम कारबाहीका विषयमा समेत छलफल हुने बताइएको छ । यसअघिको मन्त्रिपरिषद् बैठकले कोभिडका विषयमा निर्णय गरेको थिएन ।