पिसिआर परीक्षण धनकुटामै गर्ने तयारी

१४ भाद्र २०७७, आईतवार
तस्विर : हाम्रोमत

कोरोना भाइरसको संक्रमण बढ्दै गएको धनकुटामा भाइरस परीक्षणका लागि पिसिआर मेसिन जडान हुने भएको छ ।

स्वास्थ्य कार्यालय धनकुटालाई , पिसिआर मेसिन खरिद गर्न संघीय सरकारले १ करोड रुपैयाँ बजेट निकासा गरेपछि पिसिआार मेसिन खरिदको प्रकृया अघि बढाएको हो । सो पिसिआर मेसिनले धनकुटा नजिक का जिल्ला जस्तै तेह्रथुम, भोजपुर र संखुवासभा समेत लाई सहज गर्ने छ ।

यसैगरी धनकुटा नगरपालिकाले वडा नम्बर ६ को औद्योगिक ग्राममा आइसोलेसन कक्ष सञ्चालनमा ल्याएको छ । नगरपालिका अनुसार क्वारेन्टाइनको रुपमा प्रयोग गरेको ग्राममा तत्काल २० सैय्याको आइसोलेसन सञ्चालन गरिएको छ । आइसोलेसन सञ्चालनसँगै शनिबार धनकुटामा पहिचान भएका १९ जना संक्रमितलाई जिल्लामै राखेर उपचार थालिएको बताइएको छ ।