एउटा बैंकको एटीएमले अर्को बैंकको एटिएमबाट निशुल्क रकम झिक्न पाइने

निमेष अधिकारी

१४ भाद्र २०७७, आईतवार
सांकेतिक तस्वीर

विराटनगर ।  भदाै १४

नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणालीले अब देखि एउटा बैंकको कार्ड बाट अर्को बैंकको एटीएममा पैसा झिके शुल्क नलाग्ने निर्णय गरेको छ ।

यस भन्दा पहिला नेपाल बैंकले कोरोनाको लकडाउन अवधिभर यस्तो नियम लागू गरेको थियो । अबदेखि भने स्थायी रुपमै यो नियम लागू हुने जनाएको छ । यस व्यवस्थापछि नेपालमा कुनै पनि बैंक वा वित्तीय संस्थाले जारी गरेको कार्डको प्रयोग गरेर देशका कुनै पनि एटीएमबाट पैसा निकाल्न कुनै शुल्क लाग्ने छैन। तर यो व्यवस्था भने बाहिरी मुलुकमा कारोबार गर्दा लागू नहुने जनाइएको छ।

यसका साथै एटीएम कार्डको समय अवधि सकिनुभन्दा १५ दिन अघिनै आफ्ना ग्राहकलाई एस.एम.एस द्वारा जानकारी गराई कार्डको पुनः समय थपको मूल्य पनि त्यसै सूचनामार्फत प्रदान गर्नु पर्नेछ।

कुनै पनि वित्तीय संस्थाले एक ग्राहक बराबर एउटा मात्र कार्ड उपलब्ध गराउन पाउनेछन् । सम्बन्धित व्यक्तिको नाम र मोबाइल नम्बर एटीएम काउन्टरमा राख्न पनि निर्देशन दिइएको छ जसले एटीएममा कुनै पनि समस्या परे सम्बन्धित प्रतिनिधिलाई सम्पर्क गरी आकस्मिक सहयोग प्राप्त गर्न सकिनेछ।

एक ट्रान्सेक्सन बराबर अधिकतम २५ हजार र एक दिनमा १ लाखसम्म पैसा झिक्न मिल्ने नियमलाई भने यथावत नै राखिएको छ ।