नेपाली टोली डीआरएस गेमिङ्गले जित्यो फाइनल भिडन्त

१५ भाद्र २०७७, सोमबार

नेपाली पब्जी टोली डीआरएस गेमिङ्गले पीएमसीओ फल स्प्लिटको दक्षिण एसिया क्षेत्रीय स्पर्धाको उपाधि उचालेको छ।
उपाधि जितसँगै टोलीले पीएमपीएल फल स्प्लिट साउथ एसियाको यस वर्षको स्पर्धामा आफ्नो स्थान सुरक्षित गरेको छ । डीआरएस गेमिङ्गका अतिरिक्त अन्य दुई टोली पीएन क्र्यू र डेड आईले पनि सो स्पर्धामा भाग लिने अवसर प्राप्त गरेको छ ।।