इटहरी सरकारद्वारा सुत्केरी भेट कार्यक्रमलाई निरन्तरता

१५ भाद्र २०७७, सोमबार

इटहरी उपमहानगरपालिकाले यस वर्ष पनि सुत्केरी भेट कार्यक्रमलाई निरन्तरता दिएको छ । कार्यक्रम अन्तर्गत उपमेयर लक्ष्मी गौतमले स्वास्थ्यकर्मीको टोलीसहित १० जना सुत्केरीलाई उनीहरुका घरदैलोमै पुगेर पौष्टिक आहार वितरण गरेकी छन् । अहिलेसम्म २८ जना सुत्केरीलाई भेटेको उपमेयर गौतमले बताइन् । कोरोना महामारीका कारण परिवारको आयस्रोत गुमेको अवस्थामा कार्यक्रमले राहत मिलेको एक सुत्केरीको भनाइ छ ।।।