लुटेरा बन्दै व्यवसायी, छैन कुनै कारबाही

१५ भाद्र २०७७, सोमबार

रुपन्देहीको बुटवलमा कोरोना महामारीका बीच स्वास्थ्य सामग्रीको कालोबजारी मौलाएको छ । मास्क, सेनिटाइजरजस्ता स्वास्थ्य सामग्रीको मूल्य आकासिएको हो । अनुगमन टोलीले अनुगमन गर्दा भैरव सर्जिकल र सिद्धिविनायक मेडिसिनमा दोब्बर मूल्य लिएर सामग्री बिक्री गरेको पाइएको छ । बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्यले औषधि व्यवसायीले कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरेको बताइन् । पहिलो पटक सचेत गराएको बताउँदै उनले यही प्रवृत्ति दोहोरिएमा कारबाही गर्न बताइन् ।

स्थानीय प्रशासनको फितलो अनुगमन र कारबाहीमा उदासिनताका कारण उपभोक्ता पीडित बनेको उपभोक्ता हित संरक्षण मञ्च रूपन्देहीका अध्यक्ष तेजकुमार पाठकले गुनासो गरे ।।।