लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच पुन झडप

१५ भाद्र २०७७, सोमबार
प्रतिनिधिमूलक तस्वीर

सीमा क्षेत्र लद्दाखमा फेरि भारत र चीनकाे तनाब भएकाे छ ।सीमामा पछिल्लाे झडप यही अगष्ट २९ तारिखमा भएको र त्यस पछि उक्त क्षेत्रमा तनाव साम्य हुँदै गएको थियो  तर पुनः दुवै देशका सेनाबीच झडप भएको खबर बाहिरिएकाे छ ।

बिबिसी हिन्दीका अनुसार चिनियाँ सेनाले सीमासम्बन्धी भएको सहमति उल्लंघन गरेका कारण झडप भएको भारतीय पक्षले आरोप लगाएकाे छ । चिनियाँ सेनासँग झडप भएको भारतले दाबी गरे पनि चिनियाँ पक्षले भने यस विषयमा कुनै प्रतिक्रिया दिएकाे छैन ।