देशभरमा भारी वर्षा हुने सम्भावना

१५ भाद्र २०७७, सोमबार

प्रदेश १ सहित देशभरमा तीन दिनसम्म भारी वर्षा हुने, जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार

सोमबार

  • दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन रचट्याङ्गसहित मध्यम वर्षा हुनेछ । प्रदेश १ र प्रदेश २ का केही स्थानहरुमा भने भारी वर्षाको सम्भावना रहेको छ।
  • राति देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एकरदुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

मंगलबार

  • देशका अधिकांश भूभागमा पूर्ण बदली रहि धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुनेछ ।
  • प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ भने राति प्रदेश ५ मा भारी वर्षाको सम्भावना रहेको छ।

बुधबार

  • देशका अधिकांश भूभागमा पूर्ण बदली रहि धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने महाशाखाको अनुमान छ ।
  • गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा प्रदेश १, प्रदेश २, बागमती प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अहिले मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहेको र भारतको मध्यप्रदेश तथा आसपासको क्षेत्रमा न्यून चापीय प्रणाली विस्तारै पश्चिम–उत्तर दिशातर्फ सर्दै जाने देखिएको महाशाखाले जनाएको छ।