१२ हजार सवारीसाधन कारबाहीमा

१५ भाद्र २०७७, सोमबार
प्रतीनिधिमुलक तस्विर

काठमाडौं । ट्राफिक प्रहरीले उपत्यकामा पछिल्लो १२ दिनमा निषेधाज्ञा उलंघन गर्ने करिब १२ हजार सवारीसाधनलाई कारवाही गरेका छन् । ट्राफिक प्रहरी अनुसार भदौ तीन गतेबाट आजसम्म ११ हजार ७ सय ७३ सवारी कारवाहीमा परेको छ ।

प्रमुखजिल्ला अधिकारी सहितको बैठकले काठमाडौं,ल लितपुर र भक्तपुरका छेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) भीम प्रसाद ढकाल अनुसार अत्यावश्यक सेवा क्षेत्र बाहेक निषेधाज्ञाको अवज्ञा गर्ने सवारीहरुलाई होल्डमा राखेर कारवाही गर्ने गरिएको छ र हाल सुरुका दिनभन्दा नागरिक सचेतना बढेकाले अनावश्यक बाहिर निस्किनेहरुको संख्या कम रहेको छ ।