मेयर शाक्यलाई कोरोना संक्रमण

१५ भाद्र २०७७, सोमबार

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए । स्वाब दिएको दुई दिन पछि उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।