देशभर कोरोना संक्रमण बढ्दै, चौबीस घन्टामा सात जनाको मृत्यु

१५ भाद्र २०७७, सोमबार

आज देशभरमा आठ सय ९९ जना कोरोनासङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा परीक्षण गरिएका ११ हजार एक सय २९ नमूनाको नतिजाका आधारमा पाँच सय ९६ पुरुष र तीन सय तीन महिला संक्रमित देखिएका हुन् । यससँगै संक्रमितको कुल संख्या ३९ हजार चार सय ६० पुगेको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा सय ९८ जना, बारामा २३ जना, अछाममा २३ जना, तनहुँमा २६ जना,धनुषामा ३१ जना, पर्सामा ३४ जना,सुनसरीमा २५ जना र सर्लाहीमा एक सय तीन जना नयाँ संक्रमितको पहिचान भएको छ। हाल मुस्ताङ र जुम्लाबाहेक अन्य सबै जिल्लामा संक्रमितहरू रहेका छन् ।

हाल देशभर १७ हजार आठ सय २२ जना आइसोलेसनमा रहेका छन् भने एक सय ३२ जनालाईआईसीयू र १६ जना भेन्टिलेटरमा राखिएको छ । देशभर हालसम्म कुल ६ लाख ९३ हजार चार सय ७३ पीसीआर परिक्षण भएकोमा निको हुनेको संख्या २१ हजार चार सय १० पुगेको छ । पछिल्लो २४ घन्टामा मात्र पाँच सय ८८ जना निको भएका छन् ।

यस्तै, हालसम्म कुल दुई सय २८ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् । पछिल्लो २४ घन्टामा मात्र सात जनाको मृत्यु भएको छ । जसमा चार जना पुरुष, दुई महिला र एक चार वर्षीया बालिका रहेका छन् । मृतक पुरूषहरू झापा, रौतहट, चितवन र भक्तपुरका रहेका छन् भने दुई जना महिला रुपन्देही र गोरखाका रहेका छन् । मृतक बालिका मृतक बालिका महोत्तरीकी रहेको बताइएको छ ।।।