अश्विन महिनाको पहिलो सातादेखि परीक्षा सुरु : पूर्वाञ्चल विश्वविद्यालय

१५ भाद्र २०७७, सोमबार

कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीका कारण सृजित असहज परिस्थितीले गर्दा सेमेस्टर परीक्षा प्रणाली अन्र्तगत स्नातक स्नातकोत्तर तहको नियमित (रेगुलर) तर्फका परीक्षाहरु आश्विन महिनाको पहिलो हप्ताबाट सञ्चालन गर्ने पूर्वाञ्चल विश्वविद्यालयले भर्खरै निर्णय गरेको छ ।

पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले भर्खरै सूचना प्रकाशित गरेको छ । प्रकाशित सूचना अनुसार परीक्षा व्यवस्थापन कार्यालयको अत्यन्त जरुरी सूचना

“पूर्वाञ्चल विश्वविद्यालय प्राज्ञिक परिषद्को २०७७ साल भदौ १४ गते र कार्यकारी परिषद्को २०७७ भदौ १५ गतेको निर्णयानुसार कोरोना भाइरस (COVID-19) को विश्वव्यापी महामारीका कारण सृजित असहज परिस्थितीले गर्दा सेमेस्टर परीक्षा प्रणाली अन्र्तगत स्नातक/ स्नातकोत्तर तहको नियमित (REGULAR) तर्फका परीक्षाहरु मात्र बैकल्पिक विधि (TIME-BOUND HOME EXAM) बाट सञ्चालन गर्ने निर्णय भएकाले स्थगित तथा सञ्चालन हुन बाँकी रहेका परीक्षाहरु २०७७ साल आश्विन महिनाको पहिलो हप्ताबाट सञ्चालन हुने भएकाले आफु अध्ययनरत क्याम्पस कलेजमा सम्पर्क हुन सम्बन्धित नियमित (REGULAR) तर्फका विद्यार्थीलाई जानकारी गराउँदै परीक्षा कार्यक्रम र परीक्षा सञ्चालन सम्बन्धि निर्देशिका यथाशिघ्र प्रकाशित गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । साथै बार्षिक तर्फका नियमित / आंशिक र सेमेस्टर तर्फका आंशिक परीक्षाहरु पछि निर्णय भइ आएअनुसार सञ्चालन गरिने व्यहोरा समेत जानकारी गराइन्छ” ।